
काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद नन्दा चपाईँले लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको होइन् भन्ने सांसदलाई कारवाही गर्न माग गरेकी छन्। सभाको मंगलबारको बैठकको शून्य समयमा बोल्दै नेकपाकी सांसद चपाईँ कारवाही गर्न मा गरेकी हुन्।
'नेपालको सदनमा हिन्दी भाषा बोलिन्छ, सदनमा हिन्दी भाषा बोल्ने काम संविधानको कुन प्रावधान, कुन धारा र कुन भागमा छ, यो जान्न चाहन्छु, लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको नक्शामा छैन, हाम्रो हैन भन्ने सांसदलाई कारवाही किन हुँदैन, त्यस्तो बोल्ने सांसदलाई यथाशीघ्र कारवाही हुनुपर्छ।'
सोही पार्टीकी नैनकला ओझाले नेपाल जस्तो कृषिप्रधान देशमा कृषकले उत्पादन गरेको फलफूल र तरकारीको उचित बजारको व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण गराराइन्।
त्यस्तै दीपा गुरुङले लामो समयसम्म बन्दाबन्दी हुँदा गर्भवती र सुत्केरीले समयमै उपचार नपाएर अकालमा ज्यान गुमाउनुपरेको बताउँदै उनीहरुको उपचारमा प्राथमिकता दिन सरकारलाई आग्रह गरिन।
उनले भनिन् 'सुत्केरीलाई भएमा बढीमा एक वर्ष र घटीमा ६ महिनासम्म राम्रो खाना, बस्न र आरामको आवश्यकता पर्छ तर बन्दाबन्दीले गरीबलाई ग्रसित बनाएको छ, त्यसमाथि सुत्केरीलाई अझै ग्रसित बनाएको छ, उनीहरुलाई कम्तीमा समयमै उपचारको व्यवस्था गरियोस्।' रासस
प्रतिक्रिया दिनुहोस