
काठमाडाैं । नेपाली कांग्रेसका सांसद गगन थापाले सरकारको जवाफ माग गरेका छन् । कोरानाभाइरस रोकथामका लागि भएको १० अर्ब रुपैयाँको खर्च, क्वारेन्टिनमा बस्नेहरुको मृत्यु भएको, सरकारले परीक्षणको दायरा नबढाएको लगायतका विषयमा जवाफ मागेका हुन् ।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद थापाले सरकारले अदालत, विपक्षी दल, प्रेस, नागरिक कसैको पनि भनाइ नसुनेको बताए । उनले प्रश्न गरे, ‘के कानूनले रोकिएको हो ? ढुकुटीमा पैसा नभएर रोकिएको हो रु कि कांग्रेसले रोकेको हो, कि अदालतले रोकेको हो ? यो सबै म जान्दछु भन्ने प्रधानमन्त्रीको अंहकारले रोकेको हो ।
सरकारको अकर्मन्यताले रोकेको हो । सरकरको अक्षमताका कारण आज हामीले यो अवस्था झेल्नुपरेको छ । उनले नेपाली कांग्रेसको हिजोको बैठकले यो सरकारले अब कोरोनाबाट पार लगाउन सक्दैन भनेर निष्कर्ष निकालेको बताए । उनले सरकारलाई सहयोग गर्ने मात्र नभई अब प्रश्न गर्ने र जवाफ खोजेर उत्तरदायी बनाएर छोड्ने बताए ।
उनले भने–‘१० अरब रुपैयाँ कहाँ खर्च भयो, यसको हामीलाई उत्तर चाहिन्छ । ५ वटा पीसीआर मेसिन किन्ने, २५ हजार वटा पीसीआर किट किनेर १० अर्ब रुपैयाँको हिसाव देखाउनु पर्दैन रु हामीलाई एक एक रुपैयाँको हिसाव चाहिन्छ । राष्ट्र विपत्तिमा परेका बेला भ्रष्टाचारमा निर्लिप्त हुने यो निर्लज्जताको पराकाष्टा हो ।’
क्वारेन्टिन १ लाख ६६ हजार मान्छे बस्छन् भनेर प्रधानमन्त्रीले भन्ने गरेको तर त्यो क्वारेन्टिन हो कि मान्छे मार्ने ठाउँ हो भन्दै सरकारको जवाफ मागे ।
उनले संसद र अदालतले पीसीआर टेष्टको दायरा बढाउन भनेपनि सुदूरपश्चिममा टेष्ट हुन नसकेको तथा प्रदेश २ मा दशौ हजार मानिस रिर्पोट नआएर छटपटाएर बसेको उल्लेख गरे ।
उनले सरकारले टेष्टको दायरा घटाउन लागेको भन्दै आपत्ति प्रकट गरे । उनले व्यङ्ग्य गर्दै भने–‘अब सरकारले टेष्ट गर्न बन्द गर्दिने र नेपाललाई कोरोना फ्रिदेश घोषणा गरिदिने । परीक्षण नभएपछि एकजनामा पनि कोरोना देखिँदैन ।’
आरडीटी परीक्षण भरपर्दो नभएको विज्ञले बताइरहेका बेला यसको जिम्मेवारी कसले लिने भन्दै उलने प्रश्न समेत गरे ।
संक्रमित झन् बढ्दै जाँदा सरकारले आवश्यक तयारी नगरेको उनले बताए । सांसद थापाले मजदुर, गर्वभतीले प्रधानमन्त्रीले गीत र कविताले राहत नपाउने बताए ।
प्रतिक्रिया दिनुहोस