
काठमाडौं । चकलेटको भन्सारका सम्बन्धमा अर्थमन्त्री युवराज खतिवडाले जवाफ दिएका छन् । अर्थ मन्त्रालयको विनियोजन विधेयकमाथि छलफलमा उठेका प्रश्नको जवाफ दिँदै खतिवडाले चकलेटको भन्सारका सम्बन्धमा लगाइएका आरोप निराधार भएको दाबी गरेका छन् ।
खतिवडाले चकलेटको अघिल्लो वर्ष बढाइएको बजेट यो वर्ष फेरि समायोजन मात्रै गरेको बताए । ‘एउटा कुरा के हो भने २०७१/७२ सालदेखि सो वस्तु (चकलेट) को भन्सार दर ३० प्रतिशत थियो, पोहोर हामीले केही वस्तुको मूल्य समायोजन गर्ने क्रममा ४० प्रतिशत माथि पुगेको हो, त्यसलाई अहिले फेरि समायोजन गरेर ३० प्रतिशतमा झारिएको हो ।’
उनले यस्तो चकलेट १२३ फर्मले आयात गर्ने प्रतिस्पर्धी वस्तु भएकोले यो कुनै व्यवसायीलाई हेरेर त्यस्तो नगरिने उनको भनाई थियो । त्यो अर्बौंको आउने चिज नभएको उनको दाबी थियो । खतिवडाले सीमा नाकामा हुने चोरी पैठारीलाई रोक्न त्यसरी भन्सार दर घटाइएको समेत बताए ।
प्रतिक्रिया दिनुहोस