
काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाले आज मंगलबार प्रतिनिधिसभामा बोल्दै आगामी आर्थिक वर्षको बजेटमार्फत सरकारले करिब ३ खर्ब रुपैयाँको राहत प्याकेज ल्याएको बताएका छन् । विनियोजन विधेयकमाथि उठेको प्रश्नहरुको जवाफ दिँदै मन्त्री खतिवडाले सुहलियत कर्जा, ब्याज अनुदानलगायका शीर्षकबाट सो रुपैयाँ राहत स्वरुप आम जनतामा पुग्ने बताएका हुन् ।
यो रकम राहत प्याकेजका रुपमा आम सर्वसारणमा पुग्छ प्रतिनिधि सभालाई जवाफ दिँदै उनले भने । फागुनसम्म अर्थतन्त्र राम्रैसँग चलेको थियो,’ उनले भने ‘कोरोना पछि अर्थतन्त्रमा धक्का लाग्यो । यसको जिम्मेवारी मेरोमात्र नभइ हामी सबैको हो र लिनु पनि पर्छ ।’
कोरोना रोकथाम तथा यसको उपचारको लागि हालसम्म सरकारले १० अर्ब रुपैयाँ खर्च गरेको छ । सो खर्चका विषयमा आम जनमानसबाट प्रश्न उठिरहेकोले यसको एक÷एक हिसाव सार्वजनिक गर्ने पनि उनले बताए ।
सो बैठकमा उनले एससीसीको विषयमा भएको सम्झौता पत्रको विषयमा संसदमा छलफल गर्न पनि उनले आग्रह गरे । एमसीसी पास गराउने विषयमा बोल्दै डा. खतिवडाले मित्रराष्ट्रसँगको सम्बन्ध कायम राख्नु पर्ने र उनीहरूलाई चिड्याएर वैदेशिक सहायताको बाटो थुन्न नमिल्ने बताए । ‘त्यसै पनि आगामी वर्ष यस वर्षको भन्दा पनि कम बजेट छ,’ उनले भने ।
चालु तथा भौतिक निर्माणका नयाँ क्षेत्रमा बजेट नै विनियोजन नगरेको र कतिसय शीर्षकमा बजेट कटौती गरेको पनि उनले संसदमा बताए । आगामी आवमा सम्पन्न हुने अधुरा आयोजना सक्नका लागिमात्र बजेट विनियोजन गरेको उनको जानकारी दिए । बजेटको मुख्य प्राथमिकता नै रोजगारी सिर्जना गर्ने भएकोले कृषि क्षेत्रमा रोजगारी सिर्जना गर्ने जिम्मा स्थानीय तहलाई दिएका छौं,’ उनले भने ।
प्रतिक्रिया दिनुहोस