aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

नापतौल विधेयक स्वीकृत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ जेठ २०७७
नापतौल विधेयक स्वीकृत

काठमाडौं । नापतौल विधेयक सर्वसम्मतिबाट स्वीकृत भएको छ । “स्टाण्डर्ड नाप र तौल (पाँचौँ संशोधन) विधेयक, २०७६ लाई दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाइयोस्” भन्ने प्रस्ताव राष्ट्रियसभाबाट स्वीकृत भएको हो। 

सभाको आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले प्रस्तुत गरेका सो प्रस्ताव सर्वसम्मतिबाट स्वीकृत भएको हो ।

त्यसैगरी ‘प्रतिलिपि अधिकार (पहिलो संशोधन) विधेयक, २०७६’ सभासमक्ष पेश गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री योगेशकुमार भट्टराईले सो विधेयक पेश गर्नुभएको हो । राष्ट्रियसभाको अर्को बैठक यही जेठ २६ गते अपराह्न ३ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस