
काठमाडौं । नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार आज विहान भरतपुर महानगरपालिका ११ का ६८ वर्षीया पुरुषको मृत्यु भएसंगै ज्यान गुमाउनेको संख्या १५ पुगेको हो ।
त्यस्तै, नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ८५ पुगेको छ भने ५ सय ८४ जना निको भएर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस