aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

स्रोत  नखुलेको ८ लाख नगद सहित पक्राउ

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, २७ जेठ २०७७
स्रोत  नखुलेको ८ लाख नगद सहित पक्राउ

रौतहट । गौर नगरपालिका-४ टिकुलिया बकैया नदीको बाँधस्थित स्रोत नखुलेको नेपाली ८ लाख रुपैयाँ र मोबाइल २ थान सहित ईशनाथ नगरपालिका-४ महुलिया मठिया टोल बस्ने २० वर्षीय धर्मेन्द्र साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ । 

 २ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरधामबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ साइकलमा आउँदै गरेको साहलाई जाँच गर्ने क्रममा उनको साथबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो । 
 

प्रतिक्रिया दिनुहोस