
काठमाडौं । संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव सर्वसम्मतिले पारित गरिएको छ । संविधान संशोधनमा सबै दल एकमत भएपछि संविधान सर्वसम्मतले पारित भएको हो । समाजवादी दलले समेत संविधानलाई समर्थन गरेपछि संविधान संशोधन संशोधन सर्वसम्मतले स्वीकृत भएको हो । नेपालको संविधान, २०७२ संशोधन गर्न लागिएको हो ।
अहिलेकालापानी, लिपुलेक र लिम्पियाधुरालाई समेटेर जारी गरिएको नक्साअनुसार संविधानको अनुसुची ३ मा रहेको निशान छाप संशोधन गर्न लागिएको छ । कानुनमन्त्री डा.शिवमाया तुम्बाहाम्फेले मंगलबार प्रस्तुत गरिएको संविधान संशोधन विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव संघीय संसदको प्रतिनिधिसभाले सर्वसम्मत रुपमा पारित गरेको हो ।
उक्त विधेयकमा समर्थन जनाउँदै सबै दलका सांसदले अब भूमि फिर्ता ल्याउनका लागि कूटनीतिक पहल गर्न पनि सरकारलाई आग्रह पनि गरेका छन् । विधेयकमाथिको छलफलपछि सभामुख अग्नि सापकोटाले उक्त विधेयक निर्णयार्थ प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस