
काठमाडौं । लकडाउनको मोडालिटीबारे निर्णय गर्न आज मन्त्रिपरिषद बैठक बस्ने भएको छ । दिउँसो २ बजे बस्ने बैठकमा लकडाउनको मोडालिटीलगायतका विषयमा छलफल हुनेछ ।
त्यसअघि आज बिहान ११ बजे प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गत चैत ११ गतेदेखिको लकडाउनले धेरैको जीविकोपार्जनमा समस्या भएपछि अब लकडाउनलाई क्रमशः खुकुलो बनाउने नीति सरकारले लिएको छ ।
प्रतिक्रिया दिनुहोस