aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

थप ८ जनामा कोरोना संक्रमण पुष्टि

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ जेठ २०७७
थप ८ जनामा कोरोना संक्रमण पुष्टि

बारा । थप ८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बाराको सिम्रौनगढ नगरपालिकास्थित कंकालिनी माध्यमिक विधालयको क्वारेन्टाइनमा रहेका ८ जनाको कोरोना संक्रमण पुष्टि भएको हो । 

प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितका अनुसार संक्रमित हुनेमा सिम्रौनगढ ६ का २३, २७ र २८ वर्षीय, वडा नम्बर ५ का २७ र ३५ वर्षीय, वडा नम्बर ७ का १९ वर्षीय, वडा नम्बर २ का ४० वर्षीय पुरुष र एक १२ वर्षीय बालकमा कोरोना पुष्टि भएको हो । 

योसँगै बारामा संक्रमितको संख्या ९२ पुगेको छ ।  

प्रतिक्रिया दिनुहोस