
कालिकोट । सीमा क्षेत्रबाट उद्धार गरिएका नेपालीहरुलाई क्वारेन्टाइन लैजादै गरेको टिपर दुर्घटना भएको छ । कालिकोटको राजकोट नगरपालिकामा यात्रु बोकेको टिपर कर्णालीमा खसेको हो ।
टिपरले भारतबाट आएकाहरुलाई क्वारेन्टाइनमा लैजाँदै थियो । प्रहरीका अनुसार करिब ५० जना यात्रु बोकेको टिपर कर्णाली करिडोर अन्तर्गत लालिगा भीरबाट टिपर नदीमा खसेको हो ।
स्थानीयले कर्णालीमा बग्दै गरेका केहीलाई जिवितै उद्धार गरेका छन् भने अन्य करिब ३० जना वेपत्ता भएको प्रहरीले जनाएको छ ।रास्कोट जानका लागि साना गाडी मात्र उपलब्ध भएको र भारतबाट आएकाहरुको संख्या धैरै भएपछि टिप्परमा राखेर लगिदैं थियो । क्षमताभन्दा धेरै यात्रु भएका कारण टिप्पर दुर्घटना भएको प्रहरीको अनुमान छ ।
प्रतिक्रिया दिनुहोस