काठमाडौं । आज बस्ने मन्त्रीपरिषदको बैठकलेले महत्वपूर्ण निर्णय गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीले ताएका छन् । बुधबार प्रतिनिधि सभामा बजेट सम्बन्धीको छलफलमा बोल्दै प्रम ओलीले आज बस्ने मन्त्रीपरिषको बैंकठ बारे जानकारी गराएका हुन ।
उनले लकडाउन, उद्योगी व्यापारीको समस्या, विद्यालय तथा अन्य क्षेत्रमा परेको समस्याका बारेमा महत्पूर्ण निर्णय गर्ने बताए । सांसदहरुले उठाएको भ्रष्टाचार सम्बन्धी प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री ओलीले भने भष्टाचार पहिले पनि हुन्थ्यो तर देखिँदैन अहिले भ्रष्टचार गरेको थाहा पाउने बित्तिकै कारबाही हुने गरेको छ त्यसकारण देखिने गरेको छ ।
त्यसैले यसमा अचम्म मान्नुपर्दैन उनले सांसदहरुलाई भष्टचार हुन नदिने कुरामा सरकार प्रतिवद्ध रहेको हुनाले त्यसमा आश्वस्त हुन समेत आग्रह गरे प्रधानमन्त्रीले संसदमा जवाफ दिने क्रममा भारतबाट नेपालीहरुलाई फर्काउने क्रम जारी रहेको र आवश्यक व्यवस्था गरेर सबैलाई फिर्ता गरिने समेत बताए अन्य मुलुकहरुबाट पनि नेपालीहरुलाई नियमितरुपमा र व्यवस्थित रुपले फर्काउने र यहाँ क्वारेन्टाइनमा राख्ने तयारीमा सरकार लागिरहेको समेत उनले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस