aarthiknews.com आइतबार, २४ जेठ २०८३   Sunday, 07 June, 2026
 

प्रधानमन्त्रीको दावीः कोरोना रोकथामका लागि भएको खर्चमा अनियमितता भएको छैन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ जेठ २०७७
प्रधानमन्त्रीको दावीः कोरोना रोकथामका लागि भएको खर्चमा अनियमितता भएको छैन

काठमाडौं । प्रधानमन्त्री ओलीले कोरोना रोकथामका लागि भएको खर्चमा अनियमितता नभएको दावी गरेका छन् । बुधबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले अपारदर्शीता, अनियमितता भएको छ भने सरकारले छानविन गर्ने र दोषी पाइएमा कानूनको कठघरामा उभ्याएर दण्डित गर्ने बताएका हुन् ।  

उनले कतिपयलाई बाहिर बाहिर अनियमितता भएको हल्ला गर्ने बानी रहेको बताउँदै देश संकटमा परेको बेला कसैले भ्रष्टाचार र अनियमितता गर्न भने त्यो सैह्य नहुने बताए । अहिले भएको खर्चको दिनैपिच्छे लेखापरीक्षण गर्न सम्भव नभएको बताउँदै  उनले भोलिका दिनमा महालेखापरीक्षकले त्यसलाई हेर्ने उल्लेख गरे ।

त्यस्तै उनले भने, ‘भष्टाचार पहिले पनि हुन्थ्यो तर देखिँदैन अहिले भ्रष्टचार गरेको थाहा पाउनेबित्तिकै कारबाही हुने गरेको छ त्यसकारण देखिने गरेको छ त्यसैले यसमा अचम्म मान्नुपर्दैन ।’ उनले सांसदहरुलाई भष्टचार हुन नदिने कुरामा सरकार प्रतिवद्ध रहेको हुनाले त्यसमा आश्वस्त हुन समेत आग्रह गरे । प्रधानमन्त्रीले संसदमा जवाफ दिने क्रममा भारतबाट नेपालीहरुलाई फर्काउने क्रम जारी रहेको र आवश्यक व्यवस्था गरेर सबैलाई फिर्ता गरिने समेत बताए  । 

प्रतिक्रिया दिनुहोस