
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरू १५ भए पनि उनीहरूले कोरोनाबाट मात्रै ज्यान नगुमाएको बताएका छन् । संसद्मा सम्बोधन गर्ने क्रममा उनले अन्य रोग लागेकाहरूलाई कोरोना लागेकाले मृत्यु हुन पुगेको बताएका हुन् ।
त्यस्तै प्रधानमन्त्री ओलीले नेपालमा कोरोना संक्रमित भएकाहरूमध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएका व्यक्ति रहेको बताएका छन् । उनले भने, ‘मैले भन्नैपर्ने हुन्छ हामीकहाँ संक्रमित कोरोनामध्ये ८५ प्रतिशतभन्दा बढी भारतबाट आएका व्यक्तिहरू छन् । भारतबाट जुन व्यक्तिहरू नेपाल प्रवेश गरेका थिए उहाँहरूमा कोरोना देखिएको हो ।’
भारतबाट मान्छे नेपाल प्रवेश गरेपछि बाढी जसरी कोरोना संक्रमित बढेको ओलीको भनाइ थियो । भारतबाट दैनिक हजारौंको संख्यामा नागरिक आएपछि एकैपटक ठूलो संख्यामा पीसीआर र आरडीटी टेस्ट गर्नु परेको प्रधानमन्त्रीको भनाइ थियो । उनले भारतबाट ठूलो संख्यामा नागरिक आएपछि क्वारेन्टाइनमा राख्नुपरेको धारणा राखेका थिए ।
ओलीले नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेहरू १५ भए पनि उनीहरूले कोरोनाबाट मात्रै ज्यान नगुमाएको बताए। उनले अन्य रोग लागेकाहरूलाई कोरोना लागेकाले मृत्यु हुन पुगेको बताए । त्यस्तै नेपाल बाहिर रहेका १२७ नेपालीले कोरोनाबाट ज्यान गुमाएको पनि प्रधानमन्त्री ओलीले जानकारी दिए ।
प्रधानमन्त्रीले भारतबाट आएकाहरू नेपालका क्वारेन्टाइनमा संक्रमित नभएर उतै कोरोना लागेर आएका बताए । ‘नेपालमा क्वारेन्टाइन गुणस्तरीय नभएका कारण संक्रमित भएका होइनन् । भारतबाट आउँदाआउँदै, ट्रेनमा कोचाकोच गरेर आउँदा र उतै संक्रमित भएका आएका हुन सक्छन्’ उनले भने ।
प्रतिक्रिया दिनुहोस