
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल हेपिन तयार नरहेको यथार्थ बुझ्न भारतलाई आग्रह गरेका छन् । सांसदहरूले उठाएका प्रश्नहरूको बुधबार संसदमा जवाफ दिँदै उनले यस्तो बताएका हुन् ।
प्रधामन्त्री ओलीले भने, ‘यदि योगी आदित्यनाथले नेपाललाई धम्क्याउन खोजेका हुन् भने त्यो नेपाललाई मान्य छैन, उनले मुख्यमन्त्रीका हैसियतले आपत्तिजनक अभिव्यक्ति दिएका छन् भने त्यो निन्दनीय कुरा हो ।’
भारत उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालप्रति दिएको आपत्तिजनक अभिव्यक्तिबारे सांसदहरूले सोधेको प्रश्नको जवाफ दिँदै उनले नेपाल राष्ट्रियताको सवालमा हेपिन तयार नरहेको बुझ्न आग्रह गरेका हुन् ।
प्रतिक्रिया दिनुहोस