काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल भारत प्रवुद्ध समूह (इपीर्जी)ले तयार पारको रिपोर्ट भारतका प्रधानमन्त्रीले नबुझ्नु दुर्भाग्यपूर्ण भएको बताएका छन् । संसदलाई सम्बोधन गर्दै आज उनले सम्झौता अनुसार इपीजीको रिपोर्ट पहिले भारत सरकारले अर्थात भारतीय प्रधानमन्त्रीले त्यसपछि नेपालको प्रधानमन्त्री बुझ्ने भन्ने कुरालाई स्वीकार गरिएको हुँदा पहिले भारतले बुझेपछि मात्रै नेपालले बुझ्ने हुँदा त्यसमा समस्या परेको बताएका छन् । तर, दुवै मुलुकले नबुझुन जेलसम्म कुनै एकले मात्र बुझेर कुनै अर्थ रहँदैन उनले भने ।
पहिले भारतले बुझ्ने कुरामा सहमति जनाइएकोमा भारतीय प्रधानमन्त्रीले दुई वर्षको अवधिमा समेत त्यसलाई बुझ्ने समय नदिएकोमा उनले खेद प्रकट गरे । उनले भने यो दुर्भाग्यपूर्ण हो र यो खेदजनक छ । यसमा हामीले मात्रै केही गर्नसक्ने अवस्था हुँदैन ।
सोहि भारतको उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले नेपालबारे गरेको टिप्पणीलाई खेद जन्य र आपत्ति पूर्ण समेत बताएका छन् । उनले भने, उहा भारत सरकारका निर्णय ब्याक्तित्व होइन तर उनी कुनै एउटा राज्यको मुख्यमन्त्री भएका कारण उनले बोलेका भनेको कुरा यदि बोलिएकै हो भने आपत्तिजनक छ ।
प्रम ओलीले थपे नेपाललाई त्यसरी गरेको हेपाई स्वीकार्य हुँदैन । ओलीले सार्वभौमिकता र नेपालीको क्षमतामा प्रश्न नउठाउन र त्यस्तो टिप्पणी समेत नगर्न आग्रह गरे । उनले भने, यस खालका टिप्पणिहरु छिमेकी मुलुकका जिम्मेवार मान्छे र व्यक्तिबाट आउनु ठिक र राम्रो होइन ।
प्रतिक्रिया दिनुहोस