aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

यो हो मरुभूमिको हरियो सुन, जसबाट बन्छन् यी सबै वस्तुहरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ जेठ २०७७
यो हो मरुभूमिको हरियो सुन, जसबाट बन्छन् यी सबै वस्तुहरु

एजेन्सी । यो मेक्सिकोको मरुभूमिमा पाइन्छ । बाँझो भूमिलाई सुन्दर बनाउँछ। अनि सलादमा खान सकिन्छ। यसबाट क्रन्ची चिप्स बन्छ । स्वादिष्ट शेक पनि बनाएर खान छ। यो जादुगर बनस्पति मेक्सिकोको मेसोअमेरिकन क्षेत्रमा पाइन्छ। जसको नाम हो, नोपल ।

मानव जातिका धेरै चुनौतिहरूको जवाफ हो, नोपल। यसले हामीलाई जलवायु परिवर्तनसँग लड्न पनि मद्दत पुर्‍याउँछ। यदि यसलाई मेक्सिकोमा पाइने ‘जादू प्लान्ट’ भनियो भने त्यो गलत हुनेछैन। नोपल काँढादार नासपाती जस्तो फल हो, जो मेक्सिकोको मरुभूमिमा राम्ररी बढ्छ।

मेक्सिकोमा, केमेम्ब्रो भन्ने आदिवासी समुदायले यसको खेती गर्दछन् । नोपल फलफूलको रूपमा मात्र होइन यसको प्रयोग पछिको फोहोरबाट जैविक इन्धन पनि तयार गरिन्छ। यस फलको महत्त्वलाई यस तथ्यबाट अनुमान लगाउन सकिन्छ कि यसको प्रतीक मेक्सिकोको राष्ट्रिय झण्डामा विशेष स्थान दिइएको छ।

नोपलको खेती गर्नुका तीन प्रमुख कारणहरू छन्। पहिलो सामाजिक हो। नोपलको खेतीका कारण मानिसहरूले स्थानीय रूपमा रोजगारी पाउँदछन् र बसाई सर्दैनन्। दोस्रो, आर्थिक दृष्टिकोणबाट यो नाफाको खेती हो। स्थानीय रूपमा सबै काम हुने हुँदा यसको उत्पादनमा लागत धेरै कम हुन्छ।

तेस्रो सबैभन्दा महत्त्वपूर्ण कारण वातावरण हो। नोपल खेती वातावरणको लागि पनि धेरै फाइदाजनक छ। विज्ञहरू भन्छन् कि नोपल जैविक ईन्धनको लागि राम्रो विकल्प हुन सक्छ।

यसको प्रयोगविधि पनि धेरै सजिलो छ। पहिले क्याक्टस काटेर प्रशोधन गरिन्छ, र आटा अलग गरिन्छ, जसले मेक्सिकोको प्रख्यात टोरटिल्ला चिप्स बनाउँदछ। बाँकी फोहोर त्यसपछि गोबरसँग मिसाइन्छ । अनि बिशेष विधिबाट तेल निकालिन्छ।

जानकारहरु, नोपललाई हरियो सुन भन्ने गर्छन् । उनका अनुसार नोपलबाट हुने सबै उत्पादनहरू त्यहाँको अर्थतन्त्रको ठूलो हिस्सा हुन्। अहिले, अनुसन्धान भइरहेको छ कि यसबाट अरू के उत्पादन गर्न सकिन्छ।

विश्लेषकहरु भन्न थालेका छन् मेक्सिकोको नोपालबाट तेल निकाल्ने क्रममा के आशा गर्न सकिएको छ भने जैविक इन्धन अर्थात् नवीकरणीय उर्जाको विकल्प छिट्टै आउँछ जस्तो देखिन्छ । (बीबीसीबाट)

 

प्रतिक्रिया दिनुहोस