
काठमाडौैं । थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थय मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २७९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जनाएका हुन् । जसमा २२ जना महिला र २५७ जना पुरुष रहेका छन् ।
संक्रमित हुनेमा मोरङका ८ जना, झापाका ५ जना, चितवनका २ जना, उदयपुरका ४ जना, नवलपुरका १ जना, सर्लाहीका २ जना, नवलपरासी पश्चिमका ५ जना, पाल्पाका १२ जना, प्युठानका ६ जना, रुपन्देहीका ७ जना, बाँकेका ३ जना र बर्दियाका १ जना रहेका छन् ।
त्यसैगरी सप्तरीका ६ जना, दैलेखका २५ जना, जाजरकोटका ३ जना, सुर्खेतका ९ जना, दार्चुलाका १ जना, कैलालीका १२ जना, कञ्चनपुरका २ जना, डडेलधुराका १ जना, सर्लाहीका २५जना, कपिलवस्तुका ४८ जना, धादिङका १६ जना, धनुषाका ११ जना, गोरखाका ४ जना, नुवाकोटका १ जना, रौटहटका ५३ जना, सिन्धुपाल्चोकका २ जना र सिरहाका १ जना रहेका छन् ।
योसंगै नेपालमा कोरोना संक्रमितको संख्या ४ हजार ३ सय ६४ पुगेको छ भने ६ सय ७४ जना निको भएर र फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस