
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाली कांग्रेसका सांसद सञ्जय गौतमले सरकारको कामबाट आफैँ कति सन्तुष्ट हुनुहुन्छ ? भन्ने प्रश्न गरेका थिए । त्यसक्रममा प्रधानमन्त्री ओलीले सरकारले दुई वर्षमा गरेको कामलाई ओझेलमा पार्न अर्को/अर्को कुरा गर्ने गरिएको भन्दै चलाख भैँसी व्यापारीको कथा सुनाएका थिए ।
उनको कथा यस्तो छ:
‘भैंसी व्यापारीले भैँसी बेच्ने भएछ । किन्ने मान्छे आएपछि सोधेछ, ‘दूध कति दिन्छ भैँसीले ?’ व्यापारीले भनेछ, ‘भैँसी किन्दा खासगरी दूध कति दिन्छ भन्ने मतलब हुँदैन, सिङ हेर्नुपर्छ सिङ । सिङ कस्ता छन् हेर्नुस् न ’ उसले तेल लगाएर सिङ चिल्ला पारेर राखेको रहेछ । अब भैँसीको सिङले के गर्ने ? दिनुपर्ने दूध हो ।
प्रतिक्रिया दिनुहोस