aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

सरिता गिरीद्वार संविधान संशोधन विधेयक खारेज गर्न संशोधन प्रस्ताव दर्ता

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ जेठ २०७७
सरिता गिरीद्वार संविधान संशोधन विधेयक खारेज गर्न संशोधन प्रस्ताव दर्ता

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) की सांसद सरिता गिरिले लिम्पियाधुरासहितको नक्शा समेटिएको निशान छापसम्बन्धी संविधान संशोधन विधेयक नै खारेज गर्न माग गर्दै संशोधन दर्ता गराएकी छन् ।

बुधबार संसद सचिवालयमा गिरिले स्रोत र प्रमाण नखुलेको भन्दै विधेयकको दफा २ हटाउन माग गरेकी हुन् । दफा २ मा नेपालको नयाँ नक्शा बमोजिमको अनुसूची संशोधन गर्नेगरी सरकारले विधेयक प्रस्तुत गरेको छ ।

मंगलबार प्रतिनिधि सभामा विधेयकमा भएको सैद्धान्तिक छलफलमा बोल्ने जसपाका नेता लक्ष्मणलाल कर्ण र राजेन्द्र श्रेष्ठले भने विधेयकको पक्षमा बोलेका थिए ।

यसअघि पनि भारतलाई नसोधी नक्शा प्रकाशन गरेको भन्दै विरोधमा रहेकी सांसद गिरिले प्रमाण र तथ्य नभएको भन्दै उक्त विधेयक खारेजीको सूचना दिएकी हुन् ।

प्रतिक्रिया दिनुहोस