aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 
लकडाउन

के विद्यार्थीहरूले कोठाभाडा तिर्न सक्छन् ?

  • राम कार्की
    राम कार्की
  • बुधबार, २८ जेठ २०७७
के विद्यार्थीहरूले कोठाभाडा तिर्न सक्छन् ?

काठमाडौं । विश्वमा संकट निम्त्याउँदै फैलिएको कोरोना भाइरस त छँदैछ  । तर, यहाँ भोकले पनि मानिसहरूको मर्ने अवस्था छ । विश्व नै यति बेला कोरोना भाइरसका कारण थला परेको छ । चीनको बुहानबाट शुरु भएको कोरोना भाइरस अहिले नपुगेकोे देश नै छैन । लाखौ मानिसहरू संक्रमित भएका छन् ।  कोरोनाकै कारण ४ लाख १४ हजार १ सय ४७ जनाले ज्यान गुमाइसकेका छन् । 

यस्तो अवस्थामा सहरमा बसेर पढ्ने लाखौ लाख विद्यार्थीहरूको अवस्था र भविष्य के होला । यस विषयमा न कुनै सरकारी निकाय बोल्छ न त विद्यार्थी संगठनहरू भन्छन् ‘शिक्षा आँखाको ज्योति हो, यो विना जीवन अन्धकार हुन्छ.। मानव जीवनलाई अगाडि बढाउन शिक्षाको महत्वपूर्ण भुमिका रहन्छ । तर, यहाँ त रोग भन्दा पनि अगाडि त उठिबासले नै जीवन उजाड हुने भएको छ ।

अहिलेको कोरोना र लकडाउनको अवस्थामा विद्यार्थीहरूको एउटै पिडा छ । खाना कसरी खाने, ग्याँस छैन, दाउरा छैन, कमाउने कुनै ठाउँ छैन, यस्तो अवस्थामा सबै विद्यार्थीहरू गाँउमा गएर बसेका छन् । विद्यालयहरू सरकारले अर्काे सूचना ननिकाले सम्म खुल्दैनन् । सरकारले लकडाउन दिनप्रतिदिन कडाइ गर्दै गएको छ । यस्तो अवस्थामा काठमाडौं आउन पनि सकिदैन, आएर पनि के गर्ने ? 

शिक्षामन्त्रालयको सूचना अनूसार विद्यालयहरू दशैं तिहारपछिबाट मात्र सञ्चालनमा ल्याउने भनिएको छ । तर, बल्ल तल्ल गाउँमा गएका विद्यार्थीे र अभिभावकहरूको मनमा एउटै प्रश्न छ ‘यतिका समयको कोठाभाडा कसरी तिर्ने भनेर ?  के अब विद्यार्थीहरूलाई घरभाडा छुट हुन्छ त !

यस्तो अवस्थामा घरबेटीले कोठाभाडा छाडिदिन्छ होला त विद्यार्थीहरूलाई । नत्र यतिका समयको भाडा तिर्न निकैं गाह्रो हुन्छ । लकडाउनका कारण अहिले मानिसहरू रोगले भन्दापनि भोकले मर्ने अवस्था सिर्जना भएको छ । यस्तो अवस्थामा घरबेटीले भाडा तिर्न ताकेता गर्छन । 

विद्यार्थीहरूले घरभाडा तिर्नलाई हामी बसेका नै छैनौँ, यतिका समयको भाडा हामीले कसरी तिर्र्ने भन्छन् । तर, घरबेटीहरू भन्छन ‘हाम्रो कमाउने ठाउँ कहि कतै छैन, यहि घरको भाडाले आफ्नो जीविकोपार्जन गर्दै आएका छौं  ।

यस्तो अवस्थामा यसको समाधानको निम्ति शिक्षामन्त्रालय र गृहमन्त्रालयहरूले विद्यार्थीहरूको निम्ति समाधान र केहि नयाँ कदम अगाडी बढाउनु पर्ने देखिन्छ । सरकारले यसको निम्ति केहि नीति र नियम ल्याउनु पर्छ । हैन भने विद्यार्थीहरूको पढाइ र भविष्यको जिम्मा सरकार स्वयमले लिनुपर्छ ।


 

प्रतिक्रिया दिनुहोस