काठमाडौं । सुगौली सन्धी अनुरुपको नेपालको नयाँ नक्सा जारी गर्नु अघिदेखि नै नयाँ नक्साको संसदबाटै बिरोध जनाउँदै आएकी समाजवादी पार्टीकी सांसद सरिता गिरीले बुधबार नयाँ नक्सा पारित गर्न दर्ता भएको संविधान संसोधन विरुद्ध खारेज गर्न संसोधन प्रस्ताव गरेकी छन् ।
एकल रुपमा सरकारले लिम्पियाधुरासहितको नेपालको नयाँ नक्सा समेटेर निशान छाप संशोधन गर्न पेश गरेको संविधान संशोधन विधेयक खारेज गर्न माग गर्दै संसदमा अर्को संशोधन प्रस्ताव संसदमा दर्ता गराएकी थिइन । उनले स्रोत र प्रमाण नपुगेको भन्दै प्रस्ताव खारेज गर्न माग गरेकी छन् ।
यसै विषयमा उनका पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले बुधबार विज्ञप्ती निकाल्दै सांसद गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ ।
समाजवादी पार्टीले सांसद गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेकी संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ ।
सांसद गिरीको उक्त प्रस्तावको सबैतिर विरोध भइरहेको समयमा पार्टीले यस्तो चेतावनी दिएको हो । साथै प्रस्ताव फिर्ता नलिएमा पार्टीले कारबाही गर्ने चेतावनी समेत दिएको छ ।
प्रतिक्रिया दिनुहोस