aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

असार १ गतेदेखि सरकारी कार्यालय खुल्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ जेठ २०७७
असार १ गतेदेखि सरकारी कार्यालय खुल्ने

काठमाडौं । असार १ गतेदेखि सरकारी कार्यालयहरु खुल्ने भएका छन् । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले आउँदो असार १ गतेदेखि सरकारी कार्यालयहरु खोल्ने निर्णय गरेको हो ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सरकारले गत चैत ११ गतेदेखि देशभर लकडाउन सुरु गर्नुका साथै अत्यावश्यक सेवा प्रदान गर्ने बाहेकका सबै सरकारी कार्यालय बन्द गर्ने निर्णय गरेको थियो ।

बुधबारको मन्त्रिपरिषद् बैठकले पसलहरु खोल्न दिने तथा जोर/बिजोर प्रणालीका आधारमा  निजी सवारी तथा ट्याक्सीलाई चल्न दिइने निर्णय पनि गरेको छ ।

त्यस्तै सरकारले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नियमित परीक्षा पनि नगर्ने निर्णय गरेको छ । यस वर्ष एसईईको नियमित परीक्षा नगरी आन्तरिक मूल्याङ्कनको आधारमा ग्रेड निर्धारण गरिने भएको छ । 

प्रतिक्रिया दिनुहोस