aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

मलेसिया र कतारबाट घर फर्कनेले फेरि विवरण भर्नुपर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ जेठ २०७७
मलेसिया र कतारबाट घर फर्कनेले फेरि विवरण भर्नुपर्ने

काठमाडौं ।  मलेसिया र कतारबाट घर फर्किन चाहनेले फेरि विवरण भर्नु पर्ने भएको छ । कतार र मलेसियामा समस्यामा परेका र घर फर्कन चाहने नेपालीले फेरि दूतावासमा आफ्नो विवरण टिपाउनुपर्ने भएको हो । 

कतारमा रहेको नेपाली दूतावासले त्यहाँ रहेका नेपालीसँग थप विवरण मागेको छ । दूतावासले त्यहाँ रहेका नेपालीसँग सम्पर्क गर्ने व्यक्तिसमेत तोकेको छ । कतारबाट स्वदेश फर्कन चाहने नेपालीको साथमा कोरोना जाँच (पीसीआर या आरटीडी) नेगेटिभ आएको रिपोर्ट अनिवार्य साथमा हुनुपर् ।

कोरोना जाँचका सम्बन्धमा दूतावासले फेरि जानकारी गराउने जनाएको छ । हवाइ उडान, होटल क्वारेन्टाइनको खर्च र अन्य स्थानीय यतायात खर्च आफैंले व्यर्होनु पर्नेछ । कतारमा रहेको नेपाली दूतावासले त्यहाँ समस्यामा परेका र तत्काल नेपाल फर्काउन पर्ने ३ हजार ६०८ जनाको सूची परराष्ट्रलाई पठाएको छ ।  

त्यस्तै, मलेसियामा रहेको नेपाली दूतावासले पनि त्यहाँ रहेका नेपालीसँग थप विवरण मागेको छ । मलेसियामा कोरोना सङ्क्रमण घट्दै गएको र आर्थिक गतिविधि पनि फेरि सुरु हुन थालेकाले यसअघि घर फर्कन खोज्नेमध्ये केहीले उतै बस्ने मनस्थिति बनाएपछि पुनः विवरण टिपाउनुपर्ने भएको हो । 

अब फारम भर्दा नेपाल फर्कन चाहनेले हवाई भाडा, क्वारेण्टीन  र स्थानीय यातायातको खर्च आफैंले व्यहोर्न मञ्जुर हुनपर्नेछ । सरकारले जारी गरेको आदेश अनुसार स्वदेश फर्कने नेपालीले आफैंले हवाइ भाडा तिर्नुपर्ने व्यवस्था गरेको छ ।

मलेसियामा रहेका नेपाली दूतावासले तत्काल स्वदेश फर्काउनुपर्ने ६ हजार ४२५ जनाको सूची परराष्ट्र मन्त्रालयमा पठाइसकेको छ । 

प्रतिक्रिया दिनुहोस