aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 
स्मार्ट सिटी

उपत्यका तीन शहरको डीपीआर मन्त्री परिषदमा पठाइदै, जग्गा कित्ताकाटमा प्राधिकरणले मापदण्ड तयार बनायो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ जेठ २०७७
उपत्यका तीन शहरको डीपीआर मन्त्री परिषदमा पठाइदै, जग्गा कित्ताकाटमा प्राधिकरणले मापदण्ड तयार बनायो

काठमाडौं । काठमाडौं उपत्यका विकास प्राधिकरणले उपत्यकामा निर्माण हुन लागेको चार सहरमध्य तीन सहरको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) आज बिहीबार सहरी विकास मन्त्रालयमा पेश गर्ने भएको छ । काठमाडौं ईसान (पूर्व–उत्तर), काठमाडौं आग्नेय (पूर्व–दक्षिण) र काठमाडौं हरित सहर (उत्तर) को डीपीआर स्वीकृतका लागि सहरी विकास मन्त्रीलाई सो डीपीआर बुझाउन लागिएको हो । मन्त्रीपरिषद्बाट स्वीकृती भएर आएपछि कार्यान्वयनमा लैजान बाटो खुल्ने छ ।  

उपत्यकाभित्र निर्माण गर्न लागिएको चार वटा आधुनिक (स्याटलाइट सिटी) सहरमध्य तीनवटा सरहको विस्तृत अध्ययन प्रतिवेदन (डीपीआर) आज बिहीबार मन्त्री परिषद्मा पेश गर्नको लागि सहरी विकास मन्त्रालयमा पेश लागिएको काठमाडौं उपत्यका विकास प्राधिकरणका आयुक्त भाइकाजी तिवारीले बताए । उनका अनुसार काठमाडौं इसान, काठमाडौं हरित र काठमाडौं उत्तर तर्फको डीपीआर स्वीकृतका लागि मन्त्रिपरिषद्मा पठाउनका लागिएको हो । 

‘मन्त्रिपरिषदबाट उक्त डीपीआर स्वीकृत भएपछि कार्यान्वयनमा लैजान बाटो खुल्नेछ,’ उनले भने ‘त्यसपछि मन्त्री परिषदमा स्वीकृतका लागि लगिने छ ।’ काठमाडौं उपत्यका विकास प्राधिकरण ऐन अन्तर्गत गठन गरिएको काठमाडौं उपत्यका भौतिक विकास समितिले उक्त नयाँ चार सहरको डीपीआर तयार पारेको हो । 

चार वटा परियोजनामा काठमाडौं ईसान (पूर्व–उत्तर), काठमाडौं आग्नेय (पूर्व–दक्षिण), काठमाडौं नैऋत्य (दक्षिण–पश्चिम) र काठमाडौं हरित सहर (उत्तर) रहेका छन् । काठमाडौं नैऋत्य (दक्षिण–पश्चिम) मा बन्ने नयाँ सहरको डीपीआर भने अहिले मन्त्रीपरिषद्मा लैजाने कार्यक्रम रहेको छैन । 
यी चार सहरमध्य काठमाडौं ईसानको क्षेत्रफल १ लाख रोपनी छ भने अन्यको १० हजार रोपनी रहेको छ ।
एक लाख रोपनी क्षेत्रफल रहेको काठमाडौं ईसान (पूर्व–उत्तर)को डीपीआर निर्माण फिनल्याण्डको हेलेन एण्ड कम्पनी र जेके एसोसिएट्सले गरेको हो भने अन्य तीनवटा आयोजनाको डीपीआर  निर्माण नेपाली कम्पनीले नै गरेका हुन् । 

उपत्यका भित्रका चारवटा आयोजना मध्ये १ लाख रोपनी क्षेत्रफल भएको काठमाडौं ईसानको विस्तृत अध्ययन प्रतिवेदन तयार गर्नको लागि १२ करोड रुपैयाँ विनियोजन भएकोमा भ्याट बाहेक सात करोड रुपैयाँ र बाँकी तीन वटा परियोजनाको अध्ययनका लागि दुई÷दुई करोड रुपैयाँ विनियोजन गरेकोमा भ्याट बाहेक १ करोड ४० लाख रुपैयाँ खर्च भएको प्राधिकरणले बताएको छ ।

काठमाडौं ईसान (पूर्व–उत्तर) परियोजनामा पूर्वतर्फ भक्तपुरको नगरकोट जाने सडक, तेलकोट भन्ज्याङसम्म, पश्चिम क्षेत्र जोरपाटी क्रिकेट स्टेडियम, मुलपानी, गोठाटार हुँदै मनोहरा पुल भक्तपुर जाने पुरानो बाटोसम्म, उत्तरतर्फ साँखु बजार र साँखु जाने मुल सडक र दक्षिणतर्फ भक्तपुर पुरानो बाटोमा पर्ने नेपाल सैनिक प्रतिष्ठान, खरिपाटीलगायतका स्थान रहेका छन् । 

काठमाडौं आग्नेयको कुल क्षेत्रफल १५  हजार रोपनी रहेको छ । सूर्यविनायक नगरपालिकाको गुृन्डु बालकोट क्षेत्रमा १५ हजार रोपनीको योजना बन्दैछ । ।यो आयोजनामा पूर्वतर्फ अरनिको राजमार्गको सूर्यविनायक चोकदेखि सूर्यविनायक वनलाई बाहिर पार्दै सहर जानेछ । पश्चिमतर्फ खहरेखोला, बालकोट–विरुवा सडक, पानी ट्याङ्की, अमरनगर लगायतका ठाउँ रहेको छन् । उत्तरतर्फ अरनिको राजमार्गको सिमाना रहेको छ भने दक्षिणमा भक्तपुरको रानीकोट जंगलको छेउसम्म यो सहरको परिधि रहेको छ । 

त्यस्तै काठमाडौं हरित सहर (उत्तर) को कुल क्षेत्रलफल पनि १४ हजार रोपनी रहेको छ ।   टोखा नगरपालिका र ताकेश्वर नगरपालिकाको १४ हजार रोपनीको अर्को योजना बन्दै छ । यो योजनाको पूर्वमा सामाखुसी, टोखा रोड हुँदै बाइपाससम्म, पश्चिममा काभ्रेस्थली बाइपास जाने मुल सडक, उत्तरमा सपनतिर्थ मालुङ हुँदै काभ्रेस्थली र दक्षिणमा ग्रीनल्याड चोकदेखि मनोरथ हुँदै महादेव खोलासम्मको क्षेत्र समेटिएको छ ।

काठमाडौं नैऋत्यको कुल क्षेत्रफल पनि १० हजार रोपनी रहेको छ । यसको पूर्वमा छ्यासीकोटदेखि फर्सिडोल, वागमती नदीको झोलुङ्गे पुलसम्म, पश्चिममा वागमती नदी, उत्तरमा साविकको सैंवु गाविसको सिमाना, दक्षिणमा बागमती नदीसम्मको क्षेत्र रहेको छ । उक्त सहरको डीपीआर भने अहिले मन्त्री परिषद्मा नलैजाने भएको छ ।

ललितपुर महानरपालिकाको मेयर साप तीन वटा मिटिङमा लगातार अनुपस्थिति रहनु भएका कारणले योजना अगाडि बढाउन पाइएन । हाम्रो तालुक मन्त्रालयको मन्त्रीज्यूले स्थानीय निकायको सहमति विना अगाडि नबढ्नु भन्नु भएका कारण योजना स्थगित भयो । यो पनि हामी स्थानीय तहहरूसँग सहकार्य गरेर पछि बस्ने मिटिङहरूमा पेश गर्ने योजनामा छौं ।

काठमाडौं उपत्यका प्राधिकरणले आधुनिक नयाँ सहर निर्माण हुने भएपछि त्यस क्षेत्रको जग्गा कित्ताकाटमा प्राधिकरणले केही मापदण्ड तयार गरेको छ । न्यूनतम ८ आनाको कित्ताकाट गरी खरिद विक्री गर्न सकिने छ भने सो भन्दा कमको कित्ताकाट गर्न पाइने छैन  । 

 

प्रतिक्रिया दिनुहोस