aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

खाद्य उत्पादनसम्बन्धी विधेयक पारित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ जेठ २०७७
खाद्य उत्पादनसम्बन्धी विधेयक पारित

सुर्खेत । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको दशौँ बैठकबाट ‘खाद्य उत्पादन, अधिकार तथा सम्प्रभूता सुनिश्चित गर्न बनेको विधेयक २०७५’ पारित भएको छ ।  

कर्णाली प्रदेशसभाका सभामुख राजबहादुर शाहीले बुधबार कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था, कृषि तथा सहकारी विमला केसीलाई सामाजिक विकास समितिको प्रतिवेदनसहित विधेयक पारितका लागि प्रस्ताव गर्न समय दिएका थिए  । सभामुख शाहीको निर्देशनानुसार मन्त्री केसीले उक्त विधेयक पारितका लागि सभामा गरेको प्रस्ताव सर्वसम्मतिले पारित भएको हो ।

त्यसैगरी, प्रदेश विधायन तथा प्रदेश मामिला समितिका अध्यक्ष पदमबहादुर रोकायले ‘प्रदेश लोकसेवा आयोग ऐन, २०७५’ लाई पहिलो संशोधन गर्न बनेको विधेयकको निर्णय र प्रतिवेदन सभासमक्ष पेश गरेका थिए । कर्णाली प्रदेशसभाको छैटौँ अधिवेशनको एघारौँ बैठक यही जेठ ३० गते दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको छ । 

प्रतिक्रिया दिनुहोस