
कठमाडौं । भ्रष्टाचार मुद्दा जेल परेका नेपाल प्रहरीका पूर्व महानिरीक्षक रमेशचन्द ठकुरी जेलमुक्त भएका छन् । अदालतले सुनाएको एक वर्ष कैद सजाय काटेर डिल्लीबजार कारागारबाट उनी बिहीबार रिहा भएका हुन् ।
चन्द गत वर्ष १९ असारमा अदालतमा उपस्थित भई आफ्नो मुद्दामा पुनरावेदन माग गरेका थिए । अदालतले पुनरावेदन अस्वीकार गरेको थियो ।
प्रहरीको सुडानस्थित शान्ति मिसनलाई खरिद गरेको एपिसी लगायत सामान खरिदमा २८ करोड अनियमितता गरेको अभियोगमा उनीसहितका प्रहरी अधिकारीविरुद्ध मुद्दा दायर भएको थियो । चन्दलाई सर्वोच्चले १७ वैशाख ०७४ मा एक वर्ष कैद र ४० हजार रुपैयाँ जरिवानाको फैसला गरेको थियो । उनको ११ महिना २८ दिन कैद सजाय भुक्तान गर्न बाँकी थियो । फैसलापछि लामो समय फरार रहेका उनी पछि आफैं अदालतमा उपस्थित भएका थिए ।
प्रतिक्रिया दिनुहोस