aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

‘हिन्दु धर्मालम्बीहरूका लागि ठूलो तिर्थ स्थल हो’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ जेठ २०७७
‘हिन्दु धर्मालम्बीहरूका लागि ठूलो तिर्थ स्थल हो’

काठमाडौं । विरगञ्ज र काठमाडौंको ठूलो सम्बन्ध छ । विरगञ्ज र काठमाडौंलाई व्यवसायको क्षेत्र बनाएर काम गर्ने व्यापारीहरू पनि धेरै हुनुहुन्छ । प्रदेश नम्बर २ पर्यटनको अथाह सम्भावना हुँदा हुँदै पनि पर्यटन विकासका क्षेत्रमा काम हुन सकिरहेको छैन । २ नम्बर प्रदेशमा पर्यटन सम्भावना भएका जंगल सफरीका रुपमा ठूलो पर्यटनको विकास गर्न सकिन्छ । 

त्यस्तै नेपालमा कृषि पर्यटनको विकास गरिएकै छैन । २ नम्बर प्रदेश भनेको कृषिका भण्डारण नै हो । त्यसैले नेपालमा कृषि बालीहरू लगाइने देखि थन्क्याउने बेलासम्मको लागि पर्यटकलाई आकर्षण गर्न सकिन्छ । अहिलेसम्म त्यसको विकास गर्न सकिएको छैन । 

२ नम्बर प्रदेश हिन्दु धर्मालम्बीहरूका लागि ठूलो तिर्थ स्थल पनि हो । नेपालमा धार्मिक पर्यटनका लागि लगानी भएकै छैन । हिन्दु धर्मालम्बी त्यो पनि नजिकैको पर्यटन गन्तव्य भारतलाई मात्र लक्ष्य गरेर हामीले पूर्वाधार विकास गरियो भने २ नम्बर प्रदेशमा ठूलो संख्यामा धार्मिक पर्यटक भित्र्याउन सकिन्छ । 

हामीहरूसँग भइरहेका पर्यटन क्षेत्रका प्रचार प्रसार गर्न स्थानीय सरकार र प्रदेश सरकारहरूले ध्यान दिन पर्यो । पर्यटन क्षेत्र केहि समयका लागि अब तल गएपनि यस क्षेत्रमा रहेको श्रमशक्तिलाई जोगाइ राख्नका लागि हामीले केन्द्र सरकारसँग विभिन्न मागहरू राखेका छौं । त्यस्तैगरी स्थानीय सरकारले पनि विभिन्न क्षेत्रमा लिइरहेको स्थानीय करहरू कम गरिदिएमा पर्यटन क्षेत्रलाई केहि राहत हुन्थ्यो । अब हामीले पर्यटन र कृषिलाई सँगसगै विकास गर्दै लैजान पर्छ ।  
 

प्रतिक्रिया दिनुहोस