aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

परीक्षणका लागी पठाएको स्वाब नै हरायो, चौरमा शव अलपत्र

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ जेठ २०७७
परीक्षणका लागी पठाएको स्वाब नै हरायो, चौरमा शव अलपत्र

अर्घाखाँची । क्वारेन्टाइाईन बसेका व्यक्तिको स्वाब नै हराएपछि शव व्यवस्थापनमा कठिनाई भएको छ । मालारानी गाउँपालिका वाडनम्वर ४ को क्वारेन्टाइनमा बसेर उपचारको लागि बुटबल गएर फर्कँदै गर्दा बाटोमै मृत्यु भएका ब्यक्तिको परीक्षणका लागि पठाएको स्वाब हराएको हो ।

परीक्षणका लागि पठाएको स्वाब हराएपछि मृतकको शवलाई मालारानी ४ खनकै रातुका चौरमा शव राखिएको छ । 

मालारानी गाउँपालिका ४ ब्याडापाटाको सार्वजनिक आधारभुत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका ५७ वर्षीय यमप्रसाद खनालको जेठ २३ गते स्वाब संकलन गरी कोरोना जाँच गर्न प्रादेशिक जन स्वास्थ्य प्रयोगशाला भैरहबामा पठाइएको थियो । स्वाबको रिर्पोट सोध्न भैरहवा प्रयोगशालामा फोन गर्दा स्वाब हराएकाले जनाइएको छ । स्वाब नै हराएपछि  शव कसरी व्यवस्थापन गर्ने भन्ने अन्योल भएको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस