aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

कुवेतबाट नेपाली लिएर काठमाडौं आइपुग्यो जहाज

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ जेठ २०७७
कुवेतबाट नेपाली लिएर काठमाडौं आइपुग्यो जहाज

काठमाडौं । कुवेतबाट नेपालीलाई लिएर जहाज काठमाण्डौ आइपुगेको छ । कुवेतमा आममाफीमा सहभागी भएर घर फर्किएका नेपालीलाई लिएर आएको पहिलो जहाज काठमाण्डौ विमानस्थलमा साढे ११ बजे अवतरण गरेको हो ।

कुवेतमा आममाफीमा सहभागी १५० जना महिला यो जहाजमा आएका छन् । उनीहरुलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिने छ । होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरुलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउने छ ।
 

प्रतिक्रिया दिनुहोस