aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

भारतका बैंक डुबाने मोदी र चोकसीको २३४० केजी हिरा र मोती जफत

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ जेठ २०७७
भारतका बैंक डुबाने मोदी र चोकसीको २३४० केजी हिरा र मोती जफत

एजेन्सी । भारतका विभिन्न बैंकबाट अर्बौ रकम लिएर नियत बस ऋण नतिर्ने भारतीय व्यापारी मेहुल चोकसी र नीरव मोदीको विरुद्ध प्रवर्तन निर्देशालयले ठूलो कारबाही गरेको छ ।  भारत सरकारले दुई व्यापारीको बुधबार हङकङबाट हीरा, मोती र गहनाहरु जफत गरेको छ । जसको मूल्य १३५० करोड बराबर मुल्यको  छ । यी बहुमूल्य धातुहरु नीरव मोदी र मेहुल चोकसीको फर्मबाट उठाइएको जनाइएको  छ ।

यी बहुमूल्य गहनाहरु हङकङको कम्पनीको गोदामबाट ल्याएको हो । नीरव मोदी र मेहुल चोकसी (युएई र हङकङ) कम्पनीका सामानहरूको १०८ सामानहरुलाई ईडीले हङकङबाट मुम्बई फिर्ता ल्याएको हो ।  जसमा पोलिश गरिएको हीरा, मोती र गहना दिएका छन् । जसको वजन २३४० केजी रहेको छ ।

यो योजना भारतीय सरकारले २०१८देखि नै शुरुमा दुबईबाट हङकङ पठाएको थियो । २०१८ जुलाईमा ईन्टेलीजन्स विभागबाट यी बहुमुल्य सामानको सूचना प्राप्त गरेको थियो ।  
 

प्रतिक्रिया दिनुहोस