aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

साढे ४ करोड लगानीमा जापानमा नेपाली स्वाद दिने रेष्टुँरेन्ट संचालन हुँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ जेठ २०७७
साढे ४  करोड लगानीमा जापानमा नेपाली स्वाद दिने रेष्टुँरेन्ट संचालन हुँदै

जापान । जापानमा व्यवसायी रुपमा राम्रो छवि बनाएका समाज सेवी केशव आधिकारीले यही जुन १५ गते चौतारो नामक नेपाली रेष्टुरेन्ट संचालनमा ल्याउन लागेका  छन् । चार करोड ५० लाख लगानी गरिएको रेस्टुरेन्ट जापान टोकियोको कामाता स्टेसनबाट ३ मिनेट पैदल दुरीमा रहेको आधिकारीले बताए ।

अहिले सञ्चालनको  तयारीमा रहेको रेस्टुरेन्ट झट्ट हेर्दा नेपालको म्युजियम जस्तो देखिने उनले बताए छ । नेपाली कला संस्कृति झल्कने बिभिन्न तस्बिरहरुको अवलोकन साहित खाना र नास्ताको सेवा लिन पाइने अधिकारीले बताउँछन । रेष्टुरेन्टमा  सम्पूर्ण खाना सेटहरु टिपिकल नेपाली स्वादमा खान पाइने छ । 

यसै गरी रेस्टुरेन्ट क्याबिन सहित २५० जना अट्न सक्ने क्षमताको रहेको छ । बिशेषगरी नेपाली ग्राहक वर्गहरुको हकमा सस्तो मुल्यमा खसिको मासु ,चामल लगायत दैनिक खाध्यबस्तु किन्न सक्ने ब्यबस्था समेत रहेको उनले बताए । 

त्यसै गरी नेपालीहरुको हकमा निःशुल्क रेमिटेन्स सुबिधा रहेको पनि अधिकारीले जानकारी दिए । पुर्ख्यौली घर नेपालको धादिङ रहेका ब्यबसायी अधिकारी  लामो समयदेखि जापानमा व्यवसायमा मात्र संलग्न नभएर सामाजिक काममा समेत सक्रिय रहदै आएका छन् । व्यवसायको तर्फबाट पछिल्लो समय गैर आवासीय नेपाली संघ( एनआरएन) जापानबाट कोरोना कोषमा सात लाख रुपैयाँ रकम जम्मा गरेर चर्चामा आएका थिए । 

प्रतिक्रिया दिनुहोस