aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

नागढुङ्गा र लगनखेलमा बम फेला

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ जेठ २०७६
नागढुङ्गा र लगनखेलमा बम फेला

काठमाडौं । काठमाडौंको नागढुङ्गा र ललितपुरको लगनखेलमा बम फेला परेको छ । नागढुङ्गाको इँटाभट्टा नजीकै भएको बम विस्फोटमा दुई जना घाइते भएको महानगरीय प्रहरी वृत्त थानकोटले जनाएको छ । 

घाइतेमध्ये एक जना बुद्ध लामा र अर्काको परिचय खुल्न बाँकी रहेको वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक कुमारविक्रम थापाले बताए । लामाको ढाडमा चोट लागेकाले वीर अस्पताल लगिएको छ । अर्का घाइतेको शहीद मेमोयियल अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।  

घट्टेकुलो र सुकेधारामा सिलिन्डर विस्फोट हुँदा तीन जनाको मृत्यु

त्यस्तै लगनखेलको बसपार्क भित्र प्रेसर कुकरमा शंकास्पद वस्तु फेला परेको हो । स्थानीयवासीले दिएको सूचनाका आधारमा प्रहरी घटनास्थल पुगेको हो । सो वस्तु नेपाली सेनाको टोलीले विस्फोट गराएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रहरी नायब उपरीक्षक अपिलकुमार बोहराले जानकारी दिए । 

प्रतिक्रिया दिनुहोस