aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

टर्कीले शुरु गर्यो अन्तर्राष्ट्रिय उडान

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ जेठ २०७७
टर्कीले शुरु गर्यो अन्तर्राष्ट्रिय उडान

अंकारा । टर्कीले अन्तर्राष्ट्रिय हवाई उडान पुनः शुरु गरेको छ । कोरोना भाइरस प्रसार रोक्ने उद्देश्यले टर्कीले गत मार्च २८ देखि बन्द गरेको अन्तर्राष्ट्रिय हवाई उडान पुनः शुरु गरेको हो । टर्कीस एयरलाइन्सद्वारा प्रबद्र्धित अनादोलु जेटको एउटा बिमान इस्तानबुलको सबिहा गोक्सेन बिमानस्थलबाट लन्डनका लागि स्थानीय समयअनुसार बिहान ८:४० बजे प्रस्थान गरेको छ । 

त्यसलगत्तै नेदरल्याण्ड्सको आम्सटर्डम र जर्मनीको डुसेलडोर्फका लागि पनि बिमानहरु प्रस्थान गरेको टर्कीका अधिकारीहरुले बताएका छन् । 

यसैबीच, टर्कीस एयरलाइन्सको अर्को बिमान इस्तानबुल विमानस्थलबाट जर्मनीको डुसेलडोर्फका लागि प्रस्थान गरेको छ । यी बिमानमा सम्बन्धित मुलुकका नागरिक वा ती मुलुकमा बस्नका लागि अनुमतिप्राप्त व्यक्तिलाई मात्र यात्रा गर्न दिइएको छ । 

बिमानस्थलमा प्रवेशका लागि निकै कडा नियमहरु जारी गरिएको बिमानस्थलका अधिकारीहरुले बताएका छन् । प्रत्येक यात्रुको शरीरको तापक्रम जाँच्नुका साथै वैध टिकट भएका व्यक्तिलाई मात्र बिमानस्थलमा प्रवेश गर्न दिइएको छ । टर्कीले घरेलु उडानहरु गत जुन १ तारिखबाटै शुरु गरिसकेको छ । एजेन्सी 

प्रतिक्रिया दिनुहोस