aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

सरकारले तोक्यो उद्दारको हवाई भाडाः न्यूनतम २० हजारदेखि १ लाख ६२ हजारसम्म

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ जेठ २०७७
सरकारले तोक्यो उद्दारको हवाई भाडाः न्यूनतम २० हजारदेखि १ लाख ६२ हजारसम्म

काठमाडौं । कोरोना भाइरसको प्रभावले अलपत्र परेका नेपालीहरुलाई सरकारले उद्दारको नाममा सामान्य समयको भन्दा चार गुणा बढी असुल गर्ने देखिएको छ । सरकारले तोकेको २८ देशको हवाइ भाडामा न्यूनतम १९ हजार ८ सय देखि १ लाख ६२ हजारसम्म रहेको छ । हवाइ भाडा तोकिएको देशहरूमध्य सबैभन्दा कम भाडा बंगलादेशको रहेको छ भने सबैभन्दा बढी भाडा बेलायको रहेको छ । बेलायतको हवाइ भाडा १ लाख ६२ हजार तोकिएको छ भने बंगलादेशको हवाइ भाडा १९ हजार ८ सय तोकिएको हो ।

कोभिड कारण विदेशमा अपलत्र परेका आम नागरिकलाई हवाई चार्टर गर्दा भाडा मह्गो पर्ने देखिएपछि मन्त्रालयले भाडादरको एकरुपताको लागि निर्धारण गरेको नेपाल वायु सेवा निगमका कार्यकारी अध्यक्ष सुशिल घिमिरेले बताए ।

सरकारले जेठ ३२ देखि असार १४ गतेसम्ममा विदेशमा समस्यामा परेका करिब २५ हजार नेपाली कामदारलाई उद्दार गरिसक्ने निर्णय गरेको छ । अहिले सरकारले विदेशमा अप्ठ्यारोमा परेका नागरिकहरूलाई फिर्ता ल्याउन भनेको छ । परराष्ट्र सचिव शंकर वैरागीले विदेशबाट स्वदेश फर्कन चाहनेको लिष्ट लामो भएपनि १२ हजारलाई भने तत्काल उद्दार गर्नुपर्ने देखिएको बताए । ‘अहिले हाम्रो प्राथमिकतामा तत्काल स्वदेश नफर्काइ नहुने भने १२ हजार रहेका छन्,’ उलने भने ‘ हामी विस्तारै अन्यलाई पनि स्वदेश फर्काउने तयारीमा छौं ।

विदेशमा अलपत्र परेका नेपालीहरूलाई काठमाडौंसम्म ल्याउन नेपाल एयरलाइन्स र हिमालय एयरलान्सलाई चार्टर फ्लाइटको जिम्मा दिइएको छ । नेपाली दूतावासहरूले विभिन्न देशबाट चार्टर भाडादर तोकेर नै सूचना निकाल्न थालेका छन् ।

अहिले सरकार र सर्वोच्च अदालतले समेत विदेशी मुलुकमा अप्ठ्यारोमा परेका नागरिकहरूलाई फिर्ता ल्याउन भनेको छ  । नेपाली दूतावासहरूमाथि घर फर्किन चाहनेहरूको विवरण पनि संकलन गरेको छ ।

कुन देशबाट आउन कति भाडा

 

प्रतिक्रिया दिनुहोस