aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

थपिए २५० जना कोरोना संक्रमित, निको हुनेको संख्या ८६१ पुग्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ जेठ २०७७
थपिए २५० जना कोरोना संक्रमित, निको हुनेको संख्या ८६१ पुग्यो

काठमाडौं । २५० थप जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले थप २५० जनामा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । जसमा जना २३० पुरुष रहेका छन् भने २० जना महिला रहेका छन् । 

संक्रमित हुनेमा सुनसरीका ३ जना, रौटहटका ५७ जना, बाराका ७ जना, धादिङका ७ जना, सर्लाहीका ४ जना, सप्तरीका ९ जना, महोत्तरीका ४ जना, झापाको ३ जना, दाङका ८ जना, रोल्पाका १४ जना, बाँकेका १३ जना , दैलेखका ४८ जना, सुर्खेतका ७ जना, कपिलवस्तुका २ जना, प्युठानका ४ जना, रुपन्देहीका २९ जना, कैलालीका ७ जना, बाजुराका १८ जना, बझाङका २ जना र नवलपरासी पश्चिमका ६ जना रहेका छन् ।

योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ भने ८ सय ६१ जना निको भएर घर फर्किसकेका छन् । 

प्रतिक्रिया दिनुहोस