
काठमाडौं । नेपालमा चार दिनको शिशुमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहिबार थपिएका २५० जना कोरोना संक्रमित मध्ये एक जना ४ दिनका शिशुसमेत रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले धनगढीस्थित कोरोना परीक्षण प्रयोगशालामा गरिएको परिक्षणमा बाजुराको बुढिगंगा नगरपालिकाका ४ दिनका शिशुमा कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका छन् । उनका अनुसार शिशुसहित सोहि नगरपालिकाकी ३ वर्षीया बालिका, १८, २१, २२, २६, ३६, ४० वर्षीया युवती र ४५ वर्षीया महिला तथा २५, २५, ३०, ४२, ५०, ५१, ५२ वर्षीय पुरुष र बाजुराकै अर्को त्रिवेणी नगरपालिकाका ५० वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसंगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ भने ८ सय ६१ जना निको भएर घर फर्किसकेका छन् ।
प्रतिक्रिया दिनुहोस