aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ जेठ २०७७
मुक्तिनाथ विकास बैंकद्धारा मृतकको ऋण मिनाहा

काठमाडौं । मुक्तिनाथ विकास बैंकले साना तथा लघु बैंकिङ विभाग अन्तर्गत यस बैंकमा नियमित रुपमा कारोवार गर्दै आएका ग्राहक सदस्यहरुलाई लगानी गरेको कर्जा रकम ग्राहकहरुले कर्जा संचालन गरिरंहदा सदस्यको मृत्यू तथा संरक्षकको मृत्यू भएमा उक्त ब्यक्तिको नाममा भएको ऋण मिनाहा गर्ने भएको छ ।

ऋणी सदस्यको परियोजनामा आगलागी भई क्षती भएको हुँदा बैंकले छुट्टाछुटै कार्यालयहरुबाट ग्राहक सदस्यहरुको कर्जा मिनाहा, काजक्रिया खर्च तथा आगलागी राहत वितरण गरेको छ । 

यस बैंकको शाखा कार्यालय सल्यानटार, धादिङबाट लघु कर्जा लिएका कैली दमिनी र महाराजगञ्ज, काठमाडौंबाट लघु कर्जा लिएको कान्छी मर्हजनको असमायिक निधन भएको हँुदा निजले उपभोग गर्दै आएको कर्जाको साँवा र व्याज तथा काज क्रिया रकम क्रमशः रु १ लाख ८ हजार ७ सय १७ रुपैंया र रु १ लाख १४ हजार ८० रुपैंया मृतककै घरमा गई प्रदान गरिएको छ । 

यसैगरी, बैंकको ग्राहक सदस्य धुनिवेसी ७, खानीखोलाकी दुर्गा भण्डारीको श्रीमानको असमायिक निधन र टोखा २, बानियाटारकी श्री मैया बानीयाँको श्रीमानको असमायिक मृत्यू भएको हुदा काज क्रिया खर्च वापत रु ५ हजार प्रति सदस्य राहत प्रदान गरिएको छ ।  

यसैगरी, बैंकको शाखा कार्यालय धार्के, धादिङबाट लघु कर्जा लिनुभएका राधाकृष्ण कार्कीले संचालन गर्दै आइरहेको कुखुरापालन परियोजना आगलागी भै क्षति पुग्न गएको हुदा निज सदस्यको परियोजनाको स्थलगत निरिक्षण गरि राहत स्वरुप रु ५,००० रकम राहत वितरण गरिएको छ ।  

यसरी विभिन्न शाखा कार्यालयहरुवाट कुल जम्मा २ लाख २७ हजार ७ सय ९७ कर्जा मिनाहा तथा राहत वितरण गरिएको बैंकका प्रमुख सुचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए ।

विषम परिस्थितीको यो समयमा पनि बैंकका कर्मचारीहरु सामाजिक तथा भौतिक दुरी कायम गर्दै ग्राहकहरुलाई स्थलगत रुपमा नै उपस्थित भै कर्जा मिनाह तथा राहत वितरण गरेका हो ।
 

प्रतिक्रिया दिनुहोस