aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

लकडाउनको मोडालिटी परिवर्तन, कार्यालय अब दुई सिफ्टमा खुल्ने (निर्णयको पूर्णपाठ सहित)

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ जेठ २०७७
लकडाउनको मोडालिटी परिवर्तन,  कार्यालय अब दुई सिफ्टमा खुल्ने (निर्णयको पूर्णपाठ सहित)

काठमाडौं । सरकारले लकडाउनको ८० औं दिनमा आएर लकडाउनको मोडालिटी परिवर्तन गरेको छ । सरकारले बुधबार बसेको मन्त्रिपरिषद्को  निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज खतिवडाले सरकारले लकडाउनको मोडालिटी परिवर्तन गर्ने निर्णय गरेको बताएका हुन । 

अब कार्यालय बिहान ८ बजेदेखि बेलुकी ६ बजेसम्म खुल्ने भएको छ । सबै सरकारी तथा गैरसरकारी संस्था, शिक्षण संस्था (पठनपाठन कार्य बाहेक), निजी तथा सार्वजनिक संस्थाहरु समेतका कार्यालयहरु २ सिफ्टमा सञ्चालन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता, अर्थ तथा सञ्चारमन्त्री डा. खतिवडाले जानकारी गराए । 

पछिल्लो पटक लकडाउन थप  गर्दा मोडालिटी परिवर्तन गरेर केही खुकुलो बनाउने भनिएको थियो । तर, सरकारले लकडाउन खुकुलो बनाउने निर्णय गर्न ढिलो गर्दा व्यवसायीहरुले स्वस्फुर्त रूपमा पसल समेत खुल्न थालेका थिए । लकडाउनको अवज्ञा हुन थालेपछि सरकार लकडाउनको मोडालिटी परिवर्तन गर्न बाध्य भएको हो । 

प्रतिक्रिया दिनुहोस