
काठमाडौं । सरकारले ८० दिनपछि आएर खुकुलो बनाए पनि अझै धेरै क्षेत्र अहिले पनि बन्द नै हुने भएको छन् । सरकारले तत्काल शैक्षिक संस्था, सार्वजनिक यातायात, चलचित्र हल, जिम खाना, सार्वजनिक पार्क, म्युजियम जस्तो सर्वसाधारणको धेरै चहपहल हुने स्थानहरु अझै पनि खुल्ने छैनन । अनुमति प्राप्त बाहेकका अन्तर्राष्ट्रिय उडानहरु सञ्चालन नहुने, तोकिए बाहेकका सीमा नाकाबाट आवतजावत नगर्ने निर्णय पनि गरेको छ। त्यस्तै, डान्साबर, सार्वजनिक पुस्तकालय, व्युटि पार्लर, सैलुन तत्काल सञ्चालन गर्न नपाइने भएको छ ।
त्यस्तैगरि बिहीबार मन्त्रीपरिषको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता तथा अर्थमन्त्री डा. युवराज अतिवडाले सम्पूर्ण धार्मिक स्थल, यात्रुवाहक सवारी साधन पनि तत्काल सञ्चालन नगर्ने निर्णय भएको बताएका छन् ।
पार्टी प्यालेस, संग्रहालय, चिनियाखाना, स्पा, स्विमिङ पुल, हेल्थ क्लबहरु, सपिङ मलहरु र काठमाडौं उपत्यकाभित्र र अन्य जिल्लाको हकमा सोही सम्बिन्धत जिल्लाभित्र मात्र जोर बिजोर प्रणालीमा सञ्चालन हुने छन् ।
प्रतिक्रिया दिनुहोस