aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

जापान सरकारको ४० करोड अनुदान स्वीकार गर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ जेठ २०७७
जापान सरकारको ४० करोड अनुदान स्वीकार गर्ने

काठमाडौं । सरकारले जापान सरकारबाट प्राप्त हुने ४० करोड रुपैयाँ बराबरको अनुदान रकम स्विकार गर्ने निर्णय गरेको छ ।

जेठ २२ गते बसेको मन्त्रिपरिषद बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता एवं अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिए ।

छात्रवृत्तिका रुपमा सन् २०२० मा प्राप्त हुने ३६५ मिलियन जापानी येन अनुदान स्विकार गर्ने निर्णय सरकारले गरेको खतिवडाले बताए ।

'अर्थमन्त्रालयको प्रस्तावमा जापान सरकारबाट सन् २०२० मा छात्रवृत्तिका रुपमा प्राप्त हुने ३६५ मिलियन जापानी येन अनुदान स्वीकार गर्ने निर्णय भएको छ,' प्रवक्ता खतिवडाले बताए ।

प्रतिक्रिया दिनुहोस