
काठमाडौं । गृह मन्त्रालयले विरोधका कार्यक्रम रोक्न सबै जिल्लाका सीडीओलाई निर्देशन दिएको छ । सार्वजनिक स्थलमा भेला भएर आन्दोलन तथा विरोधका कार्यक्रम रोक्न ७७ वटै जिल्ला प्रशासन कार्यालय र मातहत सुरक्षा निकायहरुलाई निर्देशन दिएको हो ।
कोरोना भाइरस नियन्त्रणमा सरकार असफल भएको भन्दै पछिल्लो ३ दिनयता उपत्यकासहित केहि जिल्लाहरुमा सरकार विरोधी आन्दोलन भइरहेका छन् ।
कानुन उल्लंघन गर्ने, जोखिम बढाउने र सामाजिक सञ्जालमार्फत मानिसलाई भड्काउन संगठित हुने गतिविधि कसैलाई पनि गर्न नदिने र यसका लागि प्रभावकारी कदम चाल्न प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिइएको गृह मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस