aarthiknews.com शुक्रबार, १० जेठ २०८२   Friday, 23 May, 2025
 

विजय माल्याले बेलायतमा  १७.५ करोड डलर तिर्न पर्ने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, १२ जेठ २०७६
विजय माल्याले बेलायतमा  १७.५ करोड डलर तिर्न पर्ने

एजेन्सी । भारतीय मदिरा व्यापारी विजया माल्याको विरुद्धमा बेलायतको मदिरा कम्पनी डियाजियाले १७।५ करोड डलर असुली गर्न बेलायतको उच्च अदालतले शुक्रबार निणर्य गरेको छ । 

माल्याका छोरा सिद्धार्थ माल्या र माल्या परिवारसँग जोडिएका दुई कम्पनी उक्त रकम तिर्न पर्ने दायित्व पर्ने अदालतले फौसल्लामा उल्लेख गरेको छ । अदालतको दावीमा उक्त रकम माल्याको युनाइटेड स्प्रिट्सले नियन्त्रणकारी अधिकारको अधिग्रहण गरिएको थियो । 

बेलायतको कम्पनीका अनुसार ४ करोड डलरको दायित्व सधै माल्याले तिर्न पर्ने हुन्छ जुन अधिग्रहण गरिएको कम्पनीको सम्बन्ध तोडनलाई खर्च गरिएको थियो । बाकी रकम माल्याका छोरा सिद्धर्थ र वाटसन लिमिटेडले तिर्न पर्ने हुन्छ ।

यसका लागि माल्याको मध्य लन्डनमा रहेको घर धितोमा राखेर आउदो अप्रिलसम्मका लागि ऋण लिनका लागि समय पाएका थिए। माल्याले यहि घर धितोमा राखेर स्विस बैंक युवीएसबाट ऋण लिएका थिए । बैंकले यूबीएस बैंकको २.०४ करोड पाउण्ड ऋण नतिरको आरोपमा उक्त आलिसान घर बैंकले कब्जा गरेको छ । 

प्रतिक्रिया दिनुहोस