aarthiknews.com सोमबार, ०९ असार २०८२   Monday, 23 June, 2025
 

सीमा क्षेत्रमा १५ राउण्ड गाेली चल्याे, एककाे मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० जेठ २०७७
सीमा क्षेत्रमा १५ राउण्ड गाेली चल्याे, एककाे मृत्यु

काठमाडाैं । सर्लाहीको नारायणपुर नाकामा शुक्रबार बिहान भारतीयहरूले सशस्त्र प्रहरीको हतियार खोसेपछि गोली चलेको छ । गाेली लागेर एक ब्यक्तिकाे मृत्यु भएकाे छ । घटनामा भारतीय पक्षका दुई जना र सशस्त्रका पनि केही जवान घाइते भएको छ ।

भारतबाट नेपाल प्रवेश गर्न खोज्ने व्यक्तिलाई रोक्न खोज्दा सर्लाहीस्थित नेपाल–भारत सीमा क्षेत्रमा सशस्त्र प्रहरी र भारतीय नागरिकबीच झडप भएको थियाे । त्यसक्रममा सशस्त्र प्रहरीले चलाएको गोली लागेर एक जनाको मृत्यु भएको हाे ।

सशस्त्र प्रहरी बलका सर्लाहीका एसपी गंगाराम श्रेष्ठले सशस्त्र प्रहरीले १५ राउन्ड गोली हानेको पुष्टि गरेकाे छ ।

‘नेपाल आउन खोजेका भारतीयलाई रोक्न खोज्दा ड्युटीमा रहेका सशस्त्रमाथि आक्रमण गरे। हतियार खोसेर लगे। हतियार फिर्ता ल्याउनहामीले पहिला १० राउन्ड हवाइ फायर गर्‍यौं तैपनि उनीहरूले हतियार नदिएपछि पछि पाँच राउन्ड गोली हानेका हौं,’ एसपी श्रेष्ठले भने ।

प्रहरीको हतियार खोस्ने भारत सितामढी, लालबन्दीका ४५ वर्षीय लगन रामलाई पनि पक्राउ गरिसकिएको छ ।

प्रारम्भमा भारतबाट २०–२५ जनाको टोली आएर संग्रामपुरस्थित बोर्डर आउट पोष्ट (बीओपी) मा विवाद गरेका थिए । उनीहरुलाई फर्काएको केहीवेरमा करिब एक सय जनाको टोली आएपछि विवाद बढेको प्रहरीको भनाइ छ ।

त्यसक्रममा स्थितिलाई नियन्त्रणमा लिन १० राउण्ड हवाई फायर पनि गर्नुपरेको सशस्त्र प्रहरीको भनाइ छ । घटनाको विस्तृत विवरण आउन बाँकी छ ।  

प्रतिक्रिया दिनुहोस