
काठमाडाैं । कोरोना संक्रमण र लकडाउनको कारण विश्वव्यापी आर्थिक मंदीबाट करोडौ मानिस बेरोजगार बढेको समयमा महामारीका कारण रोजगारी गुमेकाहरुलाई ‘हायर मी नेपाल’ले पचास हजारलाई रोजगारी दिने भएको छ ।
बिदेशबाट आउने दश लाख, देशमै बेरोजगार भएका दश लाख र अन्य पाँच लाख समेत न्यूनतम पचीस लाख जनशक्तीलाई रोजगारी दिने चुनौती सरकार सामु आइसकेको छ ।
सरकारले आ।व २०७७र७८ को निति कार्यक्रम तथा बजेटमा समेत स्थानिय स्तरमा रोजगार सेवा केन्द्र स्थापना गरी उपलब्ध श्रमिक तथा कामदारको योग्यता, सिप र क्षमता अनुसार काम उपलब्ध गराउन ूश्रम सूचना बैंककोू अवधारणा सार्वजनिक गरेको छ ।
स्थानीय रोजगार सेवा केन्द्रले रोजगार दाता र रोजगारीको खोजिमा रहेकाहरू बिचमा सम्पर्क स्थापित गरी रोजगारी प्राप्तीमा सहयोग गर्ने मूल लक्ष्य लिएको देखिन्छ ।
सरकारको यही कार्यक्रममा सहयोग पुर्याउने उद्धेश्यले नेशनल एकेडेमी फर फाइनान्सीयल सर्भिसेस प्रा। लि। ले हायर मी नेपाल परियोजना संचालन गर्न गइरहेको जनाएको छ ।
रोजगारदातालार्इ चाहिएको जनशक्ती पाउन महंगो विज्ञापन गर्नुपर्ने, परिक्षा, अन्तरवार्ता र छनोटको लामो प्रक्रिया संचालन गर्नुपर्ने तथा सिप र क्षमता भएका रोजगारी चाहनेलाई उपयुक्त ठाँउमा पुग्न नसकेको अवस्था छ । समयमा चाहेको रोजगारी नपाउदा विदेश पलायन हुनु पर्ने वाध्यता छ । अर्को तिर रोजगारदाताले चाहेको उम्मेदवार नपाएको अवस्था छ ।
यही समस्या समाधान र सरकारको श्रम सुचना बैंकलाई सघाउने उद्धेश्यले हायर मी नेपाल अनलाईन पोर्टल छिटै संचालन गर्न लागिएको छ ।
देश र विदेशमा रहेको श्रमिक कामदारले वेब सार्इट वा मोबाइल एप्सको माध्यमले आफ्नो सम्पुर्ण विवरण भर्ने र रोजगारदातालाई सोही पोर्टलबाट आवश्यक कामदार सजिलै पाउने गरी रोजगारदाता र रोजगार चाहनेलाई सजिलै भेट गराउने कार्यक्रम राखिएको छ ।
श्रावणको पहिलो साताबाट संचालन गर्ने लक्ष्य लिईएको हायर मी नेपाल परियोजनाले एक वर्षमा पाँच लाख र दुई वर्षमा दश लाख श्रमिक र कामदारको अद्यावधिक रेकर्ड राखि पचास हजारलाई रोजगारी दिलाउने कार्यक्रम रहेको परियोजनाले जनाएको छ।
प्रतिक्रिया दिनुहोस