aarthiknews.com आइतबार, १२ जेठ २०८२   Sunday, 25 May, 2025
 

कुवेतबाट आज १ सय ४९ जना नेपाली फर्किए काठमाडाैं

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० जेठ २०७७
कुवेतबाट आज १ सय ४९ जना नेपाली फर्किए काठमाडाैं

काठमाडाैं । कुवेतबाट आज पनि १४९ जना नेपाली काठमाडौं आइपुगेका छन् । जजिरा एयरलाइन्सको पहिलाे जहाजबाट उनीहरु केहीबेरअघि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।

हिजाे बिहीबार पनि कुवेतबाट ५ सय ३१ जना महिला नेपाल ल्याइएकाे थियाे । कुवेतले आममाफीमा सहभागी नेपालीलाई आफ्नै खर्चमा नेपालसम्म ल्याइदिएको हो ।

कुवेतबाट आज काठमाडाैँ आइपुगेकाहरुमा एक सय ४० जना महिला, २ जना दुई वर्ष मुनिका बालबालिका र ७ जना १२ वर्ष मुनिका बालबालिका रहेका छन् । उनीहरूलाई साझा यातायत र नेपाली सेनाकाे गाडिबाट प्रादेशिक हाेल्डिङ क्षेत्र लगिएकाे छ । 

कुवेतमा भिसा नवीकरण नगर्दा अवैधानिक भएका र रोजगारदाता परिवर्तन गरेर काम गर्दा अघिल्लो रोजगारदाताले जारिवाना लगाएका नेपालीलाई लाग्ने शुल्क माफ गरी निःशुल्क रुपमा आफ्नै जहाजमार्फत नेपाल ल्याइदिएको हो ।

घर फर्किएका नेपालीलाई विमानस्थलमा सामान्य स्वास्थ्य जाँचपछि सम्बन्धित प्रदेशको होल्डिङ सेन्टरमा लगिने छ । होल्डिङ सेन्टरमा प्रक्रिया पूरा भएपछि उनीहरुलाई प्रदेशले नै सम्बन्धित पालिकामा पठाउने छ ।

विभिन्न मुलुकमा अलपत्र परेका नेपालीलाई सरकारले २३ जेठबाट उद्दार गर्न सुरु गरेको छ । प्राथिमकताका आधारमा विदेशबाट नेपाली नागरिक ल्याउने गरी सरकारले तयारी गरेको थियो ।

प्रतिक्रिया दिनुहोस