aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

२६ करोड डुबाएर सहकारी बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १३ जेठ २०७६
२६ करोड डुबाएर सहकारी बन्द

काठमाडौं । नेपालगन्जको सहकारी वित्तीय विकास संस्था लिमिटेडको कुल पुँजीको आधा रकम हिनामिना भएको छ । संस्थाको ४ जना कर्मचारीको मिलेमतोमा ४ हजार बचतकर्ताको २६ करोड रुपैयाँ हिनामिना भएको हो ।

वित्तीय संस्थाका अध्यक्ष हरदेवबक्स मुखियाका अनुसार सबैभन्दा बढी मुख्य शाखा बैंकिङ प्रबन्धक अरुणकुमार पाठकले झन्डै २२ करोड रुपैयाँ अचलन गरेका छन् ।

त्यसपछि नेपालगन्ज बैंकिङ नायब महाप्रबन्धक गंगाधर सुवेदीले झन्डै ३ करोड रुपैयाँ, खजुरा शाखा प्रबन्धक सूर्यबहादुर विश्वकर्मो झन्डै ३६ लाख र बौपुर शाखा प्रबन्धक लीलाधर वलीले झन्डै ३९ लाख रुपैयाँ अपचलन गरेको वित्तीय संस्थाले जनाएको छ । उनीहरुले किर्ते ऋणी खडा गरेर पनि अनियमितता गरेको आशंका छ । अन्नपूर्ण पोस्ट्बाट 

प्रतिक्रिया दिनुहोस