aarthiknews.com आइतबार, २६ जेठ २०८२   Sunday, 08 June, 2025
 

चिनियाँले बनाए दुई जना चढ्न मिल्ने हेलिकप्टर, यात्रु जाने स्थान हेलिकप्टरले आफै थाहा पाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० जेठ २०७७
चिनियाँले बनाए दुई जना चढ्न मिल्ने हेलिकप्टर, यात्रु जाने स्थान हेलिकप्टरले आफै थाहा पाउने

एजेन्सी । विश्वमा दैनिक जस्तो नयाँ नयाँ विकास र आविष्कारहरू छन् । चीनका एक  वैज्ञानिक तथा उद्यमीले  मिनी हेलिकप्टर बनाएको छन । जसमा दुई व्यक्ति आनन्दले उड्न सक्नेछन् । चिनियाँ वैज्ञानिकले यो हेलिकप्टर बनाउनको लागि ड्रोनको सहयोग लिएका छन् । यसमा चार मोटरहरु जडान गरिएका छन् । प्रत्येक मोटरले १९ हजार वाटको पावर आउछ । यसको सहायताले मिनी हेलिकप्टरलाई उड्ने गर्दछ ।

मिनी हेलिकप्टरको नाम अक्टोकप्टर राखिएको छ । यो १२० किलोग्रामसम्मको भार थग्दै हावामा उडान सक्छ ।यसका चारैतिर इलेक्ट्रिक उपकरणहरू जडान गरिएका छन् । जसले  दिशा, गति र उचाई समेत निर्धारित देखाउदछ । हेलिकप्टरको मोटर्सलाई चलानउ गर्न मद्दत गर्छ । 

यो सम्पूर्ण अक्टोकप्टर १७० सेन्टिमिटर अर्थात् ५.५७ फिट लामो छ । यसमा कार्बन फाइबर प्रयोग गरेर बनाइएको  छ । यो हेलिकप्टर हावामा उडिरहेको बेलामा १५० किलोग्रामको नेगेटिभ लिफ्ट उत्पादन गर्दछ र यसको तौल १५० किलोसम्म पुग्छ । 

यस हेलिकप्टरका निर्माता डेली झाओका अनुसार यसका सबै पार्टहरु चीनमा बनेको हुन । यसमा यात्रा गर्दा लोकेसनका लागि यसमा जडान गरिएको जिपीएसले बाटोको लोकेसन समेत देखाउने हुनाले यात्राका लागि सजिलो हुन्छ ।  

झाओका अनुसार आफूले जाने स्थान पहिला नै फिक्स गरेमा यसले आफै उक्त स्थानमा पुर्याछ । यो मिनि हेलिकप्टरका मार्फत प्रहरीलाई गस्ति गर्न, प्रकोपको अवस्थामा राहत र उद्धार कार्यमा प्रयोगमा ल्याउन सकिने उनले बताएका छन् । 
 

प्रतिक्रिया दिनुहोस