aarthiknews.com शनिबार, ३२ जेठ २०८२   Saturday, 14 June, 2025
 

संयुक्त राष्ट्र संघको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा नेपालका राई निर्वाचित

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० जेठ २०७७
संयुक्त राष्ट्र संघको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा नेपालका राई निर्वाचित

काठमाडौं । संयुक्त राष्ट्र संघको ७५ औं महासभाको आर्थिक तथा वित्तीय कमिटीको अध्यक्षमा पहिलोपल्ट नेपाल निर्वाचित भएको छ ।

न्युयोर्कस्थित नेपाली नियोगले उक्त पदमा पहिलोपल्ट नेपालका तर्फबाट राष्ट्रसंघका लागि नेपाली नियोगका स्थायी प्रतिनिधि अमृत राई सर्वसम्मतिले अध्यक्षमा निर्वाचित गरेको छ ।

महासभामा ६ वटा मुख्य कमिटीमध्ये यो कमिटी महत्वपूर्ण मानिन्छ । अल्पविकसित देशले सामना गर्ने समस्या, विकास, गरिबी उन्मूलन, व्यापार, विकासका लागि वित्त, विश्वव्यापीकरण, अन्तर्राष्ट्रिय वित्तीय प्रणाली, विकासका लागि सूचना तथा प्रविधि, जलवायु परिवर्तन समेत यस कमिटीले हेर्ने भएकाले पनि यसलाई महत्वका साथ हेरिने गरिन्छ ।

राष्ट्रसंघमार्फत अन्तर्राष्ट्रिय क्षेत्रमा नेपालका सकारात्मक भूमिका निर्वाह गर्नका लागि यो महत्वपूर्ण अवसर भएको नेपाली नियोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस