aarthiknews.com बुधबार, २२ जेठ २०८२   Wednesday, 04 June, 2025
 

सरकारले खर्च गरेको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै प्रदर्शन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० जेठ २०७७
सरकारले खर्च गरेको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै प्रदर्शन

काठमाडौं । कोरोना नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्ब रुपैयाँको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै युवाहरुले शुक्रबार वसन्तपुरमा प्रदर्शन गरेका छन् । शत प्रतिशत पीसीआर परीक्षण गर्नुपर्ने, कोरोना महामारी नियन्त्रणका लागि सरकारले खर्च गरेको १० अर्बको विवरण सार्वजनिक गर्नुपर्ने माग गर्दै युवाहरुले प्रदर्शन गरेका हुन् ।

बिहान १० बजेबाट एक घण्टासम्म प्रदर्शन गरिएको थियो । सरकारले जनताको आवाज नसुनेको, प्रहरीले शान्तिपूर्ण आन्दोलनमाथि दमन गरेको, पीसीआर लागू नगरेको, क्वरेण्टीन मापदण्ड नअपनाएको भन्दै युवाहरु प्रदर्शनमा उत्रिएका हुन् ।

शुक्रबार नै ललितपुरको झम्सीखेलमा पनि प्रदर्शन भएको छ । शनिबार माइतीघरमा प्रदर्शन गर्ने र मङ्गलबार झम्सीखेलमा दीप प्रज्वलन गर्ने कार्यक्रम रहेको छ ।

सरकारले आफूहरुले उठाएका माग सम्बोधन नगरेसम्म प्रदर्शन जारी रहने उनीहरुले बताएका छन् । यसअघि बिहीबार बालुवाटारमा पनि प्रदर्शन भएको थियो ।

गृह मन्त्रालयले बिहीबार लकडाउन उल्लङ्घन गरी प्रदर्शन गर्नेहरुलाई कारबाही गर्न जिल्ला प्रशासन कार्यालयहरुलाई निर्देशन दिइसकेको छ ।

प्रतिक्रिया दिनुहोस